काठमाण्डौँ । निर्वाचनमा भाग नलिने निर्णय गरेको राजपाले आज तराइका जिल्लामा लाठी जुलुस प्रदर्शन गर्दैछ । सरकारले राजपालाई निर्वाचनमा सहभागि गराउन २ नम्बर प्रदेशका निर्वाचन सारेपनि उसले माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
निर्वाचन बहिस्कार गरी आन्दोलनमा होमिएको राजपाले आज लाठी जुलुस प्रदर्शन गर्दैछ भने मनोनयन दर्ताको दिन भोलि मेचीदेखि महाकालीसम्मका तराईका जिल्लामा बन्दको आह्वान गरेको छ ।
राजपा नेपालले लाठी जुलुस प्रदर्शन गर्नेभएपछि तराईका जिल्ला सदरमुकामहरुमा बिहानैदेखि विशेष सुरक्षा सतर्कता अपनाईएको छ । राजपाले जेठ ३० गतेदेखि जारी राखेको आम हड्तालले मधेशको जनजीवन कष्टकर बनिरहेको छ ।
यसअघि हिजो बसको राजपा अध्यक्ष मण्डलको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । षडयन्त्र पुर्वक ढङ्गले सरकारले तराईलाई खण्डीत गर्न खोजेको आरोप लगाउदै आफुहरुका माग सम्वोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
प्रतिक्रिया