काठमाण्डौँ । प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरवहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकार विस्तारको तयारी गरेका छन ।
सत्तारुढ दलहरुबीच दोस्रो चरणको निर्वाचनका लागि चुनावी रणनीति तथा उम्मेदवार चयन गर्नुपर्ने भएकाले सरकार विस्तारमा ढिलाई भएको हो ।
गत जेठ २३ गते ४० औं प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हालेका देउवाले पहिलो चरणमा माओवादी केन्द्र र र विजय गच्छदार सहित ८ सदस्यीय मन्त्री मण्डल बनाएका थिए ।
दोस्रो चरणको निर्वाचनपछि मात्रै सरकार विस्तारको तयारी गरिने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया