देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु साहले पाए शहरी विकास मन्त्रालयको जिम्मा

देशान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय मन्त्री प्रभु साहलाई शहरी विकास मन्त्रालयको जिम्मा दिएका छन् ।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्श पश्चात प्रधानमन्त्री देउवाले साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय शुक्रबार गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

संसदबाट जेष्ठ २३ गते प्रधानमन्त्रीमा निर्वा्चित भएपछि जेष्ठ २४ गते तीन जना उपप्रधान तथा ४ जना मन्त्री नियुक्त गरेका देउवाले माओवादी नेता साहलाई विनाविभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको कार्य दोस्रो चरणको स्थानीय तह निर्वाचन पछि गर्ने भने पनि माओवादी, कांग्रेस र राप्रपाले मन्त्रिमण्डल विस्तारका लागि दबाब दिइरहेका छन् ।