देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई नम्बर प्रदेशमा तेश्रो चरणमा चुनाव गरिने

देशान्तर

काठमाण्डौँ । चुनाव सार्न नमिल्ने निर्वाचन आयोगको चेतावनीका बाबजुद सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ ।

बाँकी प्रदेश नम्बर १, ५ र ७ मा भने पहिले नै तोकिएको मिति असार १४ मै चुनाव गर्ने सहमती भएको छ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुबीच आज भएको वार्तामा यस्तो सहमती भएको हो । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेता एवं राजपाका शीर्ष नेताहरुको सहभागिता थियो ।