देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस

देशान्तर

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्ले मंगलबार नाम सिफारिस गरेको हो । पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

उमेर हदका कारण अवकास पाउनुअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत मंगलबार ६ जनाको नाम सिफारिस गरेकी थिइन् ।, तर, कार्कीले गरेको यो सिफारिसको संवैधानिक हैसियत नहुने भन्दै परिषद्ले अर्को सिफारिस गरेको छ ।

न्याय परिषद्ले पठाएको नाम मध्येबाट संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नेछ । परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।