देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीद्वारा सबैभन्दा बढी थारु उम्मेदवार चयन

देशान्तर

कैलाली । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ ।

 

कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले कैलालीले जनाएको छ ।

 

माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा फुलराम थारुलाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै जिल्लाको १३ वटा स्थानीय तहमध्ये ११ वटाको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने भएको छ ।