काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुँदै छ । सो मुद्दाको सुनुवाई कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा अस्ती सुनुवाई गर्ने भनिए पनि नभ्याएका कारण सुनुवाई मंगलबारसम्मका लागि सरेको हो ।
सर्वोच्चले यसअघि नै फेरि चुनाव गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । मंगलबारको सुनुवाई पछि फेरि चुनाव गर्ने वा मतगणना सुरु गर्ने भन्ने फैसला आउने अपेक्षा छ ।
प्रतिक्रिया