देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पराजयको कारण खोजी गर्न प्रकाशमानको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिलो चरणको निर्वाचनमा बिषेश गरि महानगर तथा नगरहरुका कांग्रेस उमेदवारहरुको पराजयको कारण खोजिनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मतदातालाई धन्यवाद दिन नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा पार्टी भित्र नेता–कार्यकर्ताको मूल्यांकन अनिर्वाय भएको बताए ।

नेता सिंहले भने– ‘कांग्रेसमा सबैले सबैलाई चिन्नुपर्ने समय आएको छ । उनले पार्टी भित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांश स्थानीय तहमा पराजय भोगेको दाबि गरे । उनले भने– ‘प्रतिपक्ष र एमालेसँग लड्ने क्षमता हामीसँग छ तर पार्टीभित्रै लड्न गाह्रो भयो ।’
नेता सिंहले निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेस भएको भन्दै ३६५ दिनमा कांग्रेस हुने तर, रुखमा भोट नहाल्नेलाई पार्टीले कारवाही गर्नुपर्ने र कार्यकर्ताले पनि मुल्याङकन गर्नुपर्ने बताए । पूर्वमहामन्त्री सिंहले कांग्रेसभित्र मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थालेकाले संगठनमा कमजोर हुँदै गएको बताए । उनले यस्ता विकृतिलाई पार्टी भित्रबाट अन्त्य गर्नेमा सवैले चिन्ता र चासो देखाउनुपर्ने बताए ।

कांग्रेसभित्र आफ्नालाई मात्रै विशेष गरेर घरपरिवारका लाई अवसर दिने परम्पराको अन्त्य हुनै पर्ने नेता सिंहको भनाइ थियो ।