देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर महानगरको मतगणना सुचारु, कांग्रेसका चिरीबाबुको अग्रता कायमै

देशान्तर

ललितपुर । ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ ।

महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गरेका छन् ।

जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । अहिले २९ वडाको मतगणना जारी छ । यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो ।

कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

यसअघि गणना विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर केहिबेर अघिदेखि पुनः सुरु भएको हो ।