दोलखा । विगु गाउँपालिका प्रमुख दोलखामा नेपाली काँग्रेसका युधिष्ठिर खड्का विजयी भएका छन् । उनका निकट्तम प्रतिद्धन्दी एमालेका उम्मेदवारले भन्दा १४ सय ३७ मत पछि पार्दै विजयी भएका हुन ।
उनले ४ हजार २३ मत र एमालेका सुन्दर लामिछानेले २ हजार ५ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका संजीब ओली विजयी भएका छन् । बिगुको ८ वटा वडा मध्ये चार वटा वडामा माओवादी केन्द्र, तीन वडामा नेपाली काँग्रेस र एउटा वडामा एमालेले जीत हासिल गरेको छ ।
त्यसैगरी बैसाख ३१ गतेको निर्वाचनका दिन प्रहरीले चmाएको गोली लागेर एक जनाको मृत्यु भए पछि स्थगित भएको मेलुङ गाउँपालिका वडा नं. १, पवटीको निर्वाचन जेठ ७ गते हुने भएको छ ।
निर्वाचन आयोग, स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, उम्मेदवार लगायतसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय मेलुङले जेठ ७ गते पुन निर्वाचन गराउने भएको हो ।
मेलुङ गाउँपालिका वडा नं. १, पवटी अन्र्तगत सत्येश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा जेठ ७ गते आइतबारको दिन विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पुन निर्वाचन गराउने निर्णय भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिए । सत्यश्वर मावि पवटीको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मतदान केन्द्रमा ३ हजार ५ सय ८६ मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया