काठमाडौं । कमल थापालाई दोस्रो वरीयतामा राखिएपछि रुष्ट भई राजीनामै ठोकेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फेरि पनि तेस्रो वरीयतामा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाइटमा प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा गच्छदारलाई राखिएको छ ।
निधि सोमबार मात्रै सरकारमा सहभागि भएका विजयकुमार गच्छदारभन्दा पछि परेका हुन् । गच्छदार मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो बरियता छन् । सोमबार सरकारमा सहभागि गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएकामा वरीयतामा पनि निधि भन्दा अघि राखिएको हो ।
सोमबार गच्छदारसँगै नेपाल लोकतान्त्रिक फोरमका तीन मन्त्रीले सपथ लिए । कमल थापालाई सरकारमा ल्याइएपछि वरियतामा आफूलाई पछाडि राखिएको भन्दै निधिले मन्त्रिपरिषद् बैठक मात्रै वहिष्कार गरेनन्, अन्ततः पदबाटै राजिनामा दिए ।
संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएपछि राप्रपा सरकारबाट बाहिरियो । राप्रपा बाहिरिना साथ दोस्रो वरीयतामा आफु नै पर्ने भएपछि निधि राजीनामा फिर्ता लिएर उही पदमा फर्किए । आफु चुनाव गराउनु पर्ने महत्वपूर्ण कार्यभारका लागि सरकारमा फर्किएको प्रतिक्रिया दिएपनि गच्छदारलाई दोस्रो वरीयतामा राखिएपछि भने, उनको प्रतिक्रिया आउन बाँकी छ ।
प्रतिक्रिया