देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठक वैशाख २१ सम्मका लागि स्थगित

देशान्तर

काठमाडौं । संविधान संसोधन प्रस्तावमाथि छलफलका लागि आइतवार ११ वजे बोलाइएको व्यवस्थापिका संसदको बैठक ४ दिनका लागि स्थगित भएको छ। यो संगै तोकिएको मितिमा चुनाव हुने नहुने अन्यौलता अझै बढेर गएको छ । आइतवार साँझ सम्ममा चुनाव के हुने भन्ने संविधान संसोधन प्रस्तावसंग जोडिएकाले स्पष्ट हुने अनुमान धेरैले गरेका थिए ।

तर अब संविधान संसोधन प्रस्ताव माथि छलफल नै पहिलो चरणको निर्वाचनका लागि उमेदवारले मनोनयन गर्ने मिति भन्दा पछि हुने देखिएको छ । यो संगै अब मधेशी मोर्चाले के गर्छ भन्ने भएकाले चुनावको अन्यौलता अझै बढेर गएको हो । आइतबार मध्याह्न १२ बजे बसेको बैठक पूर्वसांसद नुथुली सिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो। सिंह २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका थिए।

आजै दुई चरणमा बैठक बसेर संशोधन प्रक्रिया टुंगो लगाउने भनिए पनि बैठक लामो समयका लागि स्थगित भएको हो। स्थानीय तह निर्वाचनका लागि वैशाख १९ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले सांसदहरुले गाउँ जान समय माग गरेपछि बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए यससँगै उम्मेदवार मनोनयअघि संविधान संशोधन हुने सम्भावना टरेको छ।