काठमाडौँ। व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए ।
यसअघि मंगलजार संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाए ।
सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क पनि उनले वताए ।
उनको सो भनाइ लगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिए । सभामुख ओनसरी घर्तीले पटक÷पटक आशनग्रहण गर्न आग्रह गर्नुभए पनि उनिहरु नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो ।
संविधान संशोधनका विषयमा आफूहरुसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो ।
प्रतिक्रिया