काठमाडौं । लोडसेडिङ बढेसँगै काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न विद्युत प्रधिकरण असफल भएको छ । पछिल्लो १ महिनायता ४ दिनसम्म विजुली नआउने, आएपनि आधा लाइनमात्र आउने, पटक पटक बिजुली गइरहने, लोडसेडिङ तालिकाअनुसार बिजुली नआउने र ट्रान्सफर्मर जल्ने समस्या बढेका छन् ।
भरतको नाकाबन्दीले एलपी ग्यास अभाव भएपछि उपभोक्ता खाना पकाउन विद्युतमा निर्भर छन् । बत्ती बाल्नुका अतिरित्त खाना पकाउन इन्डक्सन, हिटर, राइस कुकर, पानी तताउन इमर्सनजस्ता उपकरण चलाउँदा बढ्दो लोड धान्न थेग्न नसकेर ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि उपत्यकाका धेरै स्थान अन्धकार छन् । उपभोक्ताले लोडसेडिङ तालिका अनुसार बिजुली पाएका छैनन् ।
यो समस्या समाधान गर्न प्राधिकरणको क्षमताले भ्याएको छैन। यस्तो समस्या थुप्रै स्थानमा छ । विशेषगरी सहरी क्षेत्रमा आपूर्ति समस्या बढेको प्राधिकरणले जनाएको छ । राजधानीबाहिर यस्तो समस्या छैन । कारोबार दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया