देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२५०० बिघा ‘माओवादी’ कब्जामै

देशान्तर

काठमाडाैँ । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए ।

उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो ।

माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्ले र गोपाल शर्माले लेखेका छन् ।