देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमालय एयरलाइन्सको बेइजिङ उडान सुरु

देशान्तर

काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ नियमित उडान आजदेखि सुरु भएको छ। चिनियाँ लगानीसमेत रहेको एयरलाइन्सले पहिलोपटक चीनको राजधानीसँग हवाई सम्पर्क स्थापित गरेको हो।

हप्तामा ३ दिन उडान गर्ने योजना बनाएको हिमालय एयरलाइन्सको पहिलो उडान आज काठमाडौंबाट उडेको छ।

यो उडानले नेपाल–चीनको सम्पर्कलाई बढाउन मद्दत गर्ने एयरलाइन्सको विश्वास छ।

हिमालयको यो उडान काठमाडौं विमानस्थलबाट बेइजिङमा हालैमात्र निर्माण सम्पन्न भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने छ।

हिमालय एयरलाइन्सको जहाज काठमाडौंबाट स्थानीय समयअनुसार ८:३० बजे उड्ने छ। उक्त जहाज डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार १६ः१० मा अवतरण गर्ने छ। उक्त जहाज बेइजिङबाट त्यहीदिन स्थानीय समयअनुसार १७ः४० मा उड्ने छ। नेपालमा उक्त जहाज ९ः४५ मा आइपुग्ने छ।

हिमालयले कतारको दोहा, युएयइको आबुधावी, साउदीको दमाम र बांगलादेशको ढाका गरी तीनवटा ए३२० जहाजबाट उडान गर्दै आएको छ । एयरलायन्सले सन् २०१९ भित्रै थप एयबसको ए२१९ सिरिजका २ जहाज थप गर्ने घोषणा गरेको छ।