देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य प्रतितोला ८ सयले घट्यो

देशान्तर

काठमाडौँ–सुनको मूल्य घट्नेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ६९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।