देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुत्केरीको मृत्युपछि दोषीलाई कारबाही गर्ने मागगर्दै आफन्तद्धारा नेपाल मेडिकल कलेजमा तोडफोड

देशान्तर

काठमाडौंकाे जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले दोषीलाई कारबाही गर्ने मागगर्दै मेडिकल कलेजमा तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।

नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्।

मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो। भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको उनले आरोप लगाइन्।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्। सो क्रममा आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन्।

आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजी समेत गरेका छन्। तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ।