देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहोको कमाई दुई सय करोड माथि

देशान्तर

एजेन्सी । ‘बाहुबली’ फिल्मबाट दर्शकको मन जितेका अभिनेता प्रभासको ‘साहो’ ले राम्रो ओपनिङ गरेको जनाइएको छ । शुरूआती कमाइमा फिल्मले कविर सिंह र मिसन मंगल र भारतलाई पछि पारेको छ ।

मानिसहरूले फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिपयले फिल्मलाई कमजोर भनेका छन् भने कतिपयले एक्सनले भरिएको फिल्मको रूपमा लिएका छन् ।

तरपनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । वर्ल्डवाइड कलेक्शनको कुरा गर्ने हो भने फिल्मले हालसम्म २०५ करोड भारु कमाएको छ ।

फिल्मले हिन्दी भर्जनमा दुई दिनमा ५० करोड भारु कमाएको छ । फिल्मले तेस्रो दिन लगभग ८० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । शुक्रवार अर्थात् रिलिजको दिन फिल्मले २४।४ करोड भारु कमाएको थियो ।

फिल्मले शनिवार २५.२ करोड कमाएको थियो ।