देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामूहिक राजीनामा स्वीकार गर्ने प्रावधानप्रति कांग्रेस को आपत्ति

देशान्तर

निजामती कर्मचारी र सरकारबीच फेरि एकपटक टकरावको स्थिति उत्पन्न भएको छ ।
निजामती सेवा विधेयकका कतिपय प्रावधानप्रति कर्मचारीहरुले असन्तुष्टि पोखेका छन् ।
सांसदहरु भने कर्मचारीतन्त्र बेलगाम बनेको भन्दै उनीहरुलाई कडीकडाउ गर्नुपर्ने बताइरहेका छन् ।
संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन, सन्चालन र सेवाका सर्त सम्बन्धमा सरकारले पेस गरेकोे विधेयकमाथिको बहस अझै सकिएको छैन ।
राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको दफावार छलफलमा निजामती सेवालाई कसरी प्रभावकारी र सेवामुखी बनाउने, तीव्र राजनीतिकरणबाट कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सांसदहरुले सुरु गरेको दफावार छलफल टुंगोमा पुगेको छैन ।
विधेयकमा छलफल चलिरहँदा कर्मचारीहरुले भने त्यसका कतिपय प्रावधानमा आपत्ति जनाएका छन् ।
विशेष गरेर कर्मचारीले सामूहिक राजीनामा दिए त्यसलाई स्वीकार गर्ने विधेयकको प्रावधानप्रति उनीहरुको आपत्ति छ । यसले ट्रेड युनियन अधिकारलाई नै कुन्ठित गर्ने उनीहरुको तर्क छ ।
सामूहिक राजीनामा स्वीकार गर्ने दफाप्रति सत्तारुढ सांसदहरुले समर्थन गरेका छन् भने विपक्षी नेपाली कांग्रेसले भने यो मामिलामा कर्मचारीहरुलाई समर्थन गरेको छ ।सत्तारुढ दलका कतिपय सांसदले त ट्रेड युनियनलाई खारेज गर्नेसम्मको प्रस्ताव राख्नुपर्ने बताएका छन् । सत्तारुढ दलका सांसदहरुको यो प्रस्तावले त कर्मचारी वृत्त झनै रुस्ट भएको छ ।