देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साग पुरुष फुटबल : पहिलो खेलमा नेपालको जित, भुटान ४ शून्यले पराजित

देशान्तर

 

काठमाडौँ । साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानलाई ४-० ले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।

खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

त्यसैगरी खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गर्दै नेपालको अग्रता ३ शून्यले बढाए । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरे । तामाङको गोल नै नेपालको शानदार जितका लागि निर्णयक बन्यो । भुटानले केही प्रयास गरे पनि नेपालको जाली चुम्न सकेन ।

साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले पनि तीन अंक जोडेको छ ।