देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य -व्यवसायी ढकाल

देशान्तर

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ झापाको २३ औँ अधिवेशनको उद्घाटन गर्दै उद्यमी ढकालले देशको आर्थिक विकास र त्यसमार्फत समृद्धिको यात्रामा निजी क्षेत्रसँगको सहकार्य र सहयात्राबेगर देशमा समृद्धि सम्भव रहेको बताएका हुन ।

उनले भने “उद्योग र उद्यमीलाई सहज वातावरणको निर्माण गरिदिने दायित्व राज्यको हो र राज्यलाई जबसम्म निजी क्षेत्रले अभिभावकका रुपमा महसुश गरेर अघि बढ्न सक्दैन तबसम्म देशमा आर्थिक क्षेत्र सबल बन्न सक्दैन र आर्थिक क्षेत्रको सबलीकरण बिना देशमा समृद्धि प्राप्त हुन सक्दैन ।”

निजी क्षेत्रले देशमा आर्थिक क्रियाकलापहरुको प्रवर्धन र अभिबृद्धिका लागि ठूलो मेहनेत गरेको वास्तविकताको मनन् गरी यस क्षेत्रलाई अघि बढ्ने वातावरण निर्माण गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

ढकालले मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका बताउदै हामीले पनि विकासमा यसैलाई मोडेलका रुपमा लियौँ भने राष्ट्रिय समृद्धि हाम्रै पालामा सम्भव रहेको बताए ।

कुनै पनि क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई नै राज्यले आकर्षित गर्न सक्यो भनेमात्र यी सबै कार्य सम्भव रहेको ढकालको भनाई थियो । तर पछिल्लो समयमा लगानी भित्र्याउन प्रदेश सरकारहरुमा देखिएको उत्साह भने प्रसंशनीय रहेको उनले बताए ।