देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक निष्कर्षविहीन

देशान्तर

काठमाडौँ । द्वन्द्वकालीन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन बसेको प्रमुख राजनीतिक दलहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुबीच भएको छलफल विना निष्कर्ष सकिएको हो ।

छलफलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी नेकापाका नेता सुवासचन्द्र नेम्वाङले सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकका बारेमा सामान्य छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको प्रतिक्रिया दिए ।

सोमबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए ।

आइतबार पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच युद्धकालीन मुद्दालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल भएको थियो ।

बालुवाटार श्रोतका अनुसार सोमबारको बैठकमा रिक्त सभामुख पद पूर्तिका विषयमा समेत छलफलल भएको थियो । यसअघि सत्यनिरुपण तथा वेपत्ता आयोगका लागि विधेयक सरकारले ल्याएपनि आयोगको अध्यक्ष नियुक्ति हुन नसक्दा त्यसबारेको काम कारवाही ठप्प जस्तै बनेको छ ।