देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु

देशान्तर

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का बालक पुजन थामीको मृत्यु भएको हो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।