देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिवम् सिमेन्टका उपभोक्ताहरुलाई चाँदी उपहार

देशान्तर

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने शिवम् सिमेन्ट्सले जनाएको छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सिमेन्ट जगतमा विगतलामो समयदेखि गुणस्तरीय असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको जनाइएको छ ।

‘दिपावलीको शुभकामना सँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ । असली ओपीसी शिवम् ब्राण्डको नामबाट परिचित शिवम् सिमेन्ट प्रति ग्राहक वर्गहरुले गर्नु भएको विश्वास र मायालाई युगौँ युगसम्म कायम राख्ने प्रयत्न गर्ने विश्वास दिलाउन चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले गुणस्तरमा कहिल्यै सम्झौता नगरौं अर्थात क्वालिटीको मामलामा नो कम्प्रोमाइजको नारासहित विभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, शुभारम्भ शिवम्संग, “ क्वालिटीको मामलामा नो कम्प्रोमाइज”, तथा “अटुट कम्प्रेसीभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादनको बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, विक्री पछिको निः शुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ । नेपाल गुणस्तर चिन्ह, बीआईएस सर्टिफिकेशन मार्क, नेपाल गुणस्तर तथा नापातौल विभागबाट जारी हुने आईएसओ सर्टिफिकेट्स तथा यूआरएस नेपालबाट प्रमाणित ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS  प्रमाण पत्रहरु प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।