देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वुहानबाट नेपाल फर्कन १७५ जनाको आवेदन, दूतावासले थाल्यो तयारी

देशान्तर

काठमाडौं  नोवेल कोरोना भाइरस ९२०१९ एनसीओभी०को आउटब्रेक इपिसेन्टर हुवेइबाट नेपाल फर्किन १७५ जनाले आवेदन दिएका छन्। शनिवार बेइजिङस्थित नेपाली दूतावासले हुवेइमा रहेका नेपालीहरुलाई उद्धार गर्ने तयारी थाल्दै आवेदन भर्न आह्वान गरेको थियो।

आज विहान स्थानीय समयअनुसार ९ बजेका लागि समय दिइएकोमा यस अवधिमा १७५ जनाले नेपाल फर्कनका लागि आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले पहिलोपोस्टलाई जानकारी दिए।

वुहानमा रहेका नेपालीलाई तीन दिन भित्र उद्धार गरिने, बेइजिङस्थित दूतावासले तयारी थालेको छ

नेपालीको उद्धारका लागि काठमाडौंबाट विशेष चार्टर विमान पठाउने तयारी भइरहेको छ। शनिवारमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुवेइमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए।

नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई विमान तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

ुसरकारले निर्णय गर्नसाथ हामीले यहाँबाट उद्धारको लागि आवश्यक प्रक्रिया थालनी गरिसकेका हौँ  उनले भने।