देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी स्मृति अस्पतालको अध्यक्षमा पुन: डा. केसी चयन

देशान्तर

काठमाण्डौं . वीपी स्मृति सहकारी अस्पतालको अध्यक्षमा पुन: डा केदार नरसिंह केसी चयन भएका छन् । राजधानीको बसुन्धारास्थित रहेको अस्पतालको १२ औं वार्षिक साधारणसभाले डा. केसीलाई नै पुनः छनोट गरेको हो ।

सहकारी  ऐन अनुसार डा. केसीको कार्यकाल ४ वर्ष हुने भएपनि एकवर्ष अघि नै नेतृत्व परिवर्तन गर्ने कसरत गरिएको थियो । तर, ऐन अनुसार नै जाने भनेर अन्तिममा केसी सहित वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिइएको हो ।

राजधानीमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अस्पतालको प्रगति विवरण अध्यक्ष केसीले प्रस्तुत गरेका थिए । स्थापनाको १२ वर्षमा अस्पतालको चलअचल पुँजी २५ करोड नाघेको भन्दै उनले व्यवस्थापन र सदस्यहरुलाई बधाई दिए । अस्पताल दुई वर्षयता आफ्नै भवनमा सञ्चालित रहेको र सेवाहरु विस्तार हुने क्रममा रहेको बताए । अस्पतालले छिटै न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना पनि डा. केसीले सुनाए ।

उद्घाटन सत्रमा अस्पतालका शेयरधनिका साथै काँग्रेस नेता कुल बहादुर गुरुङ, अर्जुन नरसिंह केसी लगायत उपस्थित थिए । अस्पतालमा करिब ६ सय शेयर धनी रहेका छन् ।