देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

देशान्तर

काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागीताका लागि सम्बन्धित विरामी, अन्य सर्वसाधारण तथा
सञ्चारकर्मीहरुलाई नर्भिकले आमन्त्रण गरिएको जनाएको छ ।

कार्यक्रम आउँदो शनिबार विहान ८ बजेदेखि १० बजेसम्म नर्भिक हस्पिटलको बहिरङ्ग कक्षमा आयोजना गरिने जनाइएको छ ।

कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठको टोलिले मुटुरोग, रोकथाम, प्राथमिक उपचार आदिका बारेमा जानकारी दिने विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा सहभागि हुन चाहने इच्छुक व्यक्तिहरुले नर्भिक हस्पिटलको फोन नम्बरहरु ४१०१६२३, ४१०१६२४ र मोबाइल नम्बर ९८५१०३२७२१ मा सम्पर्क गरी कार्यक्रममा भाग लिन सकिने समेत जानकारी गराइएको छ ।