देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लाचार सरकार, उखु कृषकले बक्यौता रकम पाएनन्

देशान्तर

काठमाण्डौं । गत पुस १८ गते चिनी मिल मालिकबाट एक अर्ब रुपैयाँ बढी रकम भुक्तानी माग गर्दै १५ महिनादेखिको आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भयो । सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलाबाट उखु किसानलाई भुक्तानीका लागि समन्वय र पहल गरिदिने लिखित प्रतिवद्धता जनाएपछि किसानहरुको आन्दोलन तत्काललाई स्थगित भएको थियो । उखु किसानहरुसँगको वार्तामा सरकारले आगामी माघ ७ गतेसम्ममा चिनी मिलहरुबाट करिब डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने लिखित प्रतिवद्धता उद्योगमन्त्री लेखराज भट्टले गरेका थिए । सहमतिपछि खुशी भएर कृषकहरु घर फर्केका थिए ।

तर भोलि मा ७ अर्थात डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने डेडलाइन तोकिएको म्याद सकिँदैछ । म्यादभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै उद्योगीहरुले मन्त्रालयसमक्ष लाचारी दर्शाएका छन् । कृषकहरुको समस्या सहमति बमोजिम पुरै समाधान नहुने देखिएको छ ।

उद्योगीले आफूसँग भएको स्रोतबाट किसानहरुलाई क्रमिक रुपमा रकम दिईरहेको तर सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने जानकारी मन्त्रालयलाई गराएका छन् ।
उद्योगी र किसानसँग समन्वय गरिरहेका उद्योग विभागका निर्देशक बिनोद खड्काले सबै रकम बन्दोबस्त भइनसकेकाले केही समय लाग्ने जानकारी उद्योगीले गराएको बताए ।