देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोनाल्डो बिनाको खेलमा जित निकाल्दै युभेन्टस शीर्ष स्थानमा

देशान्तर

एजेन्सी । सिरि ए मा दश खेलाडीमा सीमित ब्रेसिया विरुद्ध जित निकाल्दै युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति सकिएको खेलमा युभेन्टसले ब्रेसियालाई २–० गोल अन्तरको सहज जित निकाल्यो । ३७औं मिनेटमै ब्रेसियाका फ्लोरिएन आय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि युभेन्टसले सहज जित निकाल्यो ।

दश खेलाडी सीमित भएको एक मिनेटमै युभेन्टसका लागि डिवालाले गोल गर्दै अग्रता निकालेका थिए । पहिलो हाफमा १–० मा सकिएको खेलमा ७५औं मिनेटमा जुवानले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । स्टार स्ट्राइकर राेनाल्डाेले भने याे खेल खेलका थिएनन् ।

जितसँगै युभेन्टस लिगको शीर्ष स्थानमा उक्लिएको छ । २४ खेलबाट युभेन्टसले ५७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लाजियोले समान खेलबाट ५६ र तेस्रो स्थानमा रहेको इन्टर मिलानले ५४ अंक जोडेको छ ।