देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी हुन एक्लै २१ जना मार्ने थाई सैनिक

देशान्तर

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाएर २१ जनाको ज्यान लिएका छन्। घटनामा दर्जनौ अरु घाइते भएका छन्।

ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए।


त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरी जथाभावी गोली चलाएका थिए।

त्यसअघि उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

स्रोत:बिबिसि