देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यि चार बलात्कारीलाई दिइदैछ मृत्युदण्ड

देशान्तर

दिल्लि । भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिइने भएको छ । दिल्ली अदालतले दोषीहरुलाई आगामी जनवरी २२ को बिहान ७ बजे मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको हो ।

२०१२ को सामूहिक बलात्कारपछि हत्याको घटनामा अक्षेय ठाकुर सिंह, मुकेश पवन गुप्ता र विनय शर्मा २०१२ मा दोषी ठहर भएका थिए ।

दिल्लीस्थित २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयालाई बलात्कारपछि हत्याको उक्त घटनाको सात वर्षपछि अदालतले यस्तो फैसला गरेको हो । यही विषयलाई लिएर यसअघि भारतका विभिन्न स्थानमा पटक पटक आन्दोलन भए ।

मृतकका परिवार, आफन्त र अन्य अधिकाकर्मीले पटक पटक आन्दोलन गरेपछि दोषीले सजाय पाउने भएका हुन् । अभियुक्तहरु हाल दिल्लीको तिहार जेलमा छन् ।

जहाँ अधिकारीहरुले केही सातादेखि नै मृत्युदण्डको डोरी तयार पार्दैआएका थिए ।