देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यसरी जाँदा राष्ट्रिय राजनितिमा कांग्रेसको महत्व समाप्त भएर जान्छः बद्रि पाण्डे

देशान्तर

जागरणको जागृती तलको एउटा कार्यकर्तामा भन्दा माथिको नेतामा आउनुपर्छ भन्ने कुराहरु आएका छन् । पार्टीमा विश्वासको बतावरण, एकताको बातावरण र पार्टीलाई ठिक र सहि दिसामा लाने निर्णय केन्द्रबाट भएर आओस त्यसलाई हामी मान्न तयार छौ र हामीहरुलाई पनि संगठन विस्तारमा सजिलो हुन्छ ।

नेपाली कांग्रेसको पहिलो चरणको जागरण अभियान सकिएको छ । निर्वाचनपछि पहिलो पल्ट गाऊ गएको कांग्रेसलाई कार्यकर्ताहरुले मुहान सफा गरेर आउन सुझाव दिएका छन् । के पायो कांग्रेसले यो अभियानबाट ?

यो अभियानले कांग्रेसका लागि ठूलो उर्जा दिने काम गरेको छ । मुख्य दुई उद्देश्य राखेर जागरण अभियान सुरु भएको हो र पहिलो चरणको कार्यक्रम सकिदा कार्यकर्ताले प्रत्यक्ष केन्द्रिय प्रतिनिधिहरुसँग आफ्ना गुनासाहरु राख्न पाउनु भएको छ भने नेताहरुले पनि कार्यकर्ताको भावना कस्तो रहेछ र कार्यकर्ता के चाहान्छ भन्ने कुरा बुझ्न सक्नुभएको छ । यो अभियानसंगै हामीले अहिलेका सरकारका कामगर्ने सैली र तरिकाहरुका विषयमा कार्यकर्ता र जनतालाई भन्न पाएका छौ ।

कांग्रेस गएको निर्वाचनमा पराजित भएपछि पहिलो पटक गाउ सम्म गएको हुनाले यो विचमा नेता र कार्यकर्तावीचमा ठूलो ग्याप थियो । यो खालका अन्तरक्रियाहरु भएका थिएन । निर्वाचनको पराजयपछि नेताहरु पुन गाउ नगएकाले कार्यकर्ताहरुमा निरासा पनि छाएको थियो भने केहि मनमुटावहरु पनि बढेका थिए । यी विषयहरु केन्द्रिय प्रतिनिधिहरुकै उपस्थीतिमा कम गराउन यो जागरण अभियानले ठूलो भुमिका खेलेको मैले पाएको छु ।

पार्टीका विभिन्न तहमा रहेका संगठन र त्यसको नेतृत्व गरिहनु भएकाहरुसंग पनि अन्तरक्रिया र छलफल भएको छ । दोस्रो कुरा अहिलेको सरकार जुन गतिका साथ जुन रवैयाका साथ अगाडी बढेको छ यसले देशको राष्ट्रिय राजनितिलाई, देशको अर्थतन्त्रलाई र देशको विकास लागि विभिन्न चुनौतीहरु खडा गरिदिएको छ । संघीयतालाई सफल कार्यन्वयन गराउने विषयमा पनि विभिन्न चुनौतीहरु देखिदै आएका छन ।

यो विषयमाथि केन्द्र र गाउतहका विचमा,केन्द्र र जिल्लातहका विचमा संवाद होस भन्ने हाम्रो चाहना थियो र त्यो भएको छ । कतिपय संसदका विषयहरु तल्लो तहसम्म यो अभियानले पुर्याएको छ भने कतिपय तलका विषयबस्तुहरुलाई केन्द्र ल्याउने काम पनि भएको छ । मुलत पहिलो चरणको जनजागरण अभियानमा हामीले यहि उदेश्य राखेका थियौ ।

अब थप गर्नुपर्ने विषयहरुमा हामी यो पछिका कार्यक्रमहरुमा जोड दिने छौ । त्यसकारण आफ्ना आन्तरिक विषयहरु राख्ने र सरकारका विषयहरुलाई उजागर गर्ने दुवै उदेश्यमा सफल भएको मान्नुपर्छ यो जागरण अभियान ।

केन्द्रीय नेताहरु एक भएर जान नसकेको अवस्थामा अब हुने जागरण अभियानले कति परिवर्तन गर्न सक्ला र सरकारका विषयमा तपाइहरुले भनेका कुरालाई जनताले किन विश्वास गर्ने ?। पार्टी अहिले सम्म कार्यकर्ताको सुझावले त चलेको छैन् ?

ठिकै हो । आफ्नो आङको भैसी नदेख्नेले अरुको आङको जुम्रा देख्नु उचित होइन । यो विषयमा हामी समिक्षा पनि गर्ने छौ । तर, केन्द्रको वरीपरि घुमेर संसार देख्ने र जिल्ला गइहाले पनि म फलानो गुटबाट आएको भन्ने हिसावले जाने र त्यही अनुसार अरुको आलोचना गर्ने प्रबृति निर्वाचन पछि कांग्रेसमा चरम रुपमा बढेको थियो ।

काठमाडौमा सम्पन्न महासमितिको बैठक र अहिले सकिएको पहिलो चरणको जनजागरण अभियानबाट हामी केन्द्रमा मात्र हैन, गाउपनि जानुपर्ने रहेछ र गुट भन्दा पार्टी प्रति आम कार्यकर्ताले विश्वास राख्ने रहेछन भन्ने कुरा कांग्रेसभित्रका जुनसुकै गुटको नेतृत्वगर्ने नेताहरु हुनुहुन्छ उहाँहरुलाई यसको अनुभूति भएको छ ।

म सांसद भएको हैसियतले धरै ठाउमा जान सकिन तर, जति ठाउमा पुगेको छु ति सवै ठांउमा कांग्रेसभित्रको गुट अन्त्य हुनुपर्ने आवाज चाहि उठेको छ । अहिले आम कार्यकर्ता र शुभेच्छुकले कांग्रेसको मुहान सफा हुनुपर्ने कुरा उठाएका छन् । अहिले जती समस्या देखिएको छ । त्यो तलबाट नभएर माथिबाटै भएको हुनाले पहिले तलभन्दा माथि सफाभएर आउनुपर्यो र त्यसको प्रभाव तलपनि पर्छ भन्ने आम कार्यकर्ताको भनाइ भनौ वा सुझाव आएको सत्य हो ।

जागरणको जागृती तलको एउटा कार्यकर्तामा भन्दा माथिको नेतामा आउनुपर्छ भन्ने कुराहरु आएका छन् । पार्टीमा विश्वासको बतावरण, एकताको बातावरण र पार्टीलाई ठिक र सहि दिसामा लाने निर्णय केन्द्रबाट भएर आओस त्यसलाई हामी मान्न तयार छौ र हामीहरुलाई पनि संगठन विस्तारमा सजिलो हुन्छ भन्ने कुरा आएकाले मलाइ लाग्छ यो विषयमा पार्टी नेतृत्वले सोच्नुपर्ने समय आएको छ ।

त्यसमा हामीले पनि कार्यकर्ताहरुलाई जिल्ला तहका नेताहरुलाई आग्रह गर्दे आएका छौ कि माथि दिनुपर्ने दवाव र सुझावहरु पनि दिदै जाने र तलको तहमा पनि पार्टीका संगठनहरुलाई अहिले जुन जे अवस्थामा छन त्यही अवस्थामा सक्रिय बनाउदै लानुपर्छ भन्ने कुराहरु भनेका छौ । पार्टीको निर्णय सवैलाई मान्य हुनेगरी माथिबाटै आउनुपछ त्यो सत्य हो । तर, आफ्नो जिल्लाभित्र, आफ्नो प्रदेशभित्र र नगर तथा गाउपालिकाभित्र पनि संगठनलाई कम्जोर बन्न दिनु हुदैन । यसका कायर्ता तयार छन र उनिहरुले भनेका कुरालाई पनि कार्यन्वयनमा लान नेतृत्व तयार हुनुपर्छ ।

कार्यकर्ताले ७७ वटै जिल्लाबाट आफ्ना गुनासा र सुझावहरु पार्टीको नेतृत्व प्रति राखेको छन् । यसको समिक्षा हुन्छ कि हुदैन ?

कार्यकर्ताले दिएका सुझावको समिक्षा नगरी पार्टी अगाडी जान सक्दैन । कार्यकर्ता विना हामीले जति कुरा राखेपनि कांग्रेस पार्टी बलियो बनाउन सक्दैन । त्यसकारण पनि यो विषयमा गम्भिर रुपले छलफल गर्नु आवस्यक छ । मलाई लाग्छ कि अब यसै साता केन्द्रीय कार्य समितिको बैठक बस्छ र पहिलो चरणको जागरण अभियानमा आम कार्यकर्ता र शुभेच्छुकहरुले दिएको सुझावको समिक्षा गर्छ ।

यत्रो अभियान चलाएपछि अभियानका बारेमा समिक्षा, केन्द्रीय प्रतिनिधिहरुले अनुभव र अनुभूतिका विषयमा समिक्षा गर्नुपर्छ र पार्टीको केन्द्रीय समितिको बैठकले यी सवै विषयमा गम्भीर रुपले छलफल गर्छ । सवैले आफ्नो आफ्नो प्रतिवेदन बुझाउने भनिएको छ । त्यो लिखित प्रतिवेदन केन्द्रीय प्रतिनिधिहरुले गर्नुहुने भने हाम्रा तर्फबाट पनि पनि जिवन्त छलफल हुन्छ । किने भने कतिपय ठाउमा अहिले सम्म बिबाद ।

एउटा नेता गएको ठाउमा अर्को नेता नजाने परिपार्टी थियो त्यो अन्त्य भएको की भएन । कस्ता खालका बिबादहरु तल्लो तहमा रहेछन र माथिल्लो तहका लागि के के सुझावहरु आएछन भन्ने विषयमा कांग्रेसले गहन र लामो छलपल गर्छ । कुन जिल्लाको कुन ठाउमा कस्ता समस्या छन त्यसका विषयमा छलफल हुन्छ ।

यी विषयमा छलफ गरेर नै कांग्रेसले आगामी कार्यक्रमहरुको रुपरेखा तयार गर्ने हो । अहिले अधिकाम्स जिल्लामा गटबन्दीमा नेताहरु हिडेको आरोपनि छ भने कति पय ठाँउमा गुटकै कारण आफै आफैमा झडप भएको अवस्था पनि छ । यस्ता बिबादहरु लुकाएर भन्दा सतहमा आएपछि समाधान हुन्छन् र त्यो समाधान खोच्न अब कांग्रेस नेतृत्व चुक्दैन भन्ने मलाई विश्वास छ ।

भनेपछि यो अभियानमा सहमतिको बातावरण बनाउन भनेर नेताहरु हिडेको भेटिएन । वास्तविक जागरण अभियानको अवस्था त्यहि रह्यो ?

हैन । गुटबन्दी थोरै ठाउमा र सहमतिका लागि अगाडी बढ्नुको विकल्प छैन् भन्ने केन्द्रीय प्रतिनिधिहरुकै बाहुल्यता भेटियो यो अभियानका क्रममा । पार्टी नभनेर गुटको नाम लिएर जानुपर्ने केन्द्रीय तहका नेताहरुलाई के आवस्यक पर्यो त्यो पनि केन्द्रीय समितिको बैठकमा छलफल हुनुपर्छ । पार्टी भन्ने नचाहने र गुटको नाम लिएर कांग्रेस भनेर बर्षौदेखि यहि पार्टीमा रहनुभएका नेताहरुको पनि केहि गुनासो होला ।

असन्तुष्टिहरु होलन । पार्टीलाई यसरी लान सकिएको खण्डमा हाम्रो पनि सहभागिता हुनथियो भन्नहरुका वीचमा पनि केन्द्रीय समितिले छलफल गर्नुपर्छ किन भने अहिलेको समस्याको चुरो भनेको नै त्यही छ । निर्वाचन अगाडी त यस्तो कांग्रेस थिएन । अहिले किन यस्तो भयो । निर्वाचनपछिका मनकमुटावहरु केके हुन । केन्द्रीय नेताहरुलाई सहयोग नगरेर हराउनेहरु को को हुन यसको पनि समिक्षा हुन आवस्यक छ ।

हामीले अहिले आएका सुझाव र आफुहरुले भोगेका अनुभुतिहरुलाई केन्द्रीय समितिमा छलफलमा ल्यायौ भने बिबाद छन भने त्यसलाई मिलाउन अझै हामीसंग र्दु महिनाको समय त खालिनै छ । यो विचमा पार्टीलाई कसरी अगाडी बढाउने र सरकारका काम कारवाहिलाई प्रतिपक्षको हैसियतमा भएको कांग्रेसले के गर्ने भन्ने निचोड पक्कै आउने छ र यस्ता प्रश्नहरु फेरी कांग्रेसका लागि आउन दिनुहुदैन भन्ने मेरो भनाइ हो र यसैका आधारमा आगामी कार्यक्रमहरु पनि बन्ने छन ।

कांग्रेससंग अहिले सम्म केन्द्रदेखि वडा तहसम्म कुनै संगठन छैनन् । संविधानले एउटा संरचनाको कल्पना गरेको छ तर, कांग्रेस उल्टो बोटोमा हिडिरहेको छ । तपाई कांग्रेस परिवर्तनको कुरा कसरी बिश्वास गर्ने ?

नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हुँनाले कांग्रेस नयां संरचना अनुसार जानुपर्दैन मैले भनेको हैन । हामी अब आउने निर्वाचनको समयभित्र नयां संरचनामा गइसक्नुपर्छ । तर, कांग्रेस पुरानो संरचनाबाट फर्किन सकेन भन्नुको अर्थ कांग्रेस छैन र संगठन विहिन छ भन्ने हैन । हामीसंग अहिले सरकारका भन्दा बढी र सक्रिय संगठनहरु छन् । कांग्रेसले निर्वाचनपछि लत्तो छाडेका कारण मात्रै सिथिल देखिएको हो ।

अहिले हामी ३३० प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा प्रतिनिधि पठाउदै छौ । तर, प्रदेशसभाको निर्वाचन क्षेत्रहरुमा हाम्रा प्रतिनिधिहरु छैनन् । त्यसैले अब भदौ २४ आउन जति समय छ त्यो समयभित्र हामीले विधानमा भएको संक्रमणकालिन प्रावधान अनुसार कांग्रेसका सवै तहहरु गठन हुनुपर्छ पहिलो कुरा । यो समय भित्रमा विधानमा भएको संक्रमणकालिन व्यवस्था अनुसार सवै तहमा कार्यसमितिहरु बन्नुपर्छ । त्यो बनेको कार्यसमितिलाई भोलि महाधिबेशन सम्म वा अरु केहि प्रावधानहरु राख्न सकिन्छ ।

प्रदेशका ३३० निर्वाचन क्षेत्रमा हाम्रा संगठन भएनन् भने त्यहाँ गएका प्रतिनिधिहरुले पनि काम गर्न सक्दैनन् । त्यहाँ कार्यसमिति भएपछि केन्द्रीय प्रतिनिधिहरुको सम्बन्ध बढ्छ यो कस्लाई सुनाउनु परेको छ कि हामी यो वा त्यो अनुसार चलेनौ भनेर । पहिले हाम्रा संगठनहरुमा कार्यसमिति बन्नुपर्छ । त्यसै कारणले यो विचमा संक्रमण कालिन व्यवस्था अनुसार पार्टीले सवै संगठनहरुलाई क्रियासिल बनाउन सवै ठाउमा कार्यसमितिहरु बनाउने निर्णयमा पुग्नुपर्छ । यति भयो भने कांग्रेस आफै अगाडी आउछ । कसैले तेरो र मेरो भनिरहनुपर्दैन ।

आगामी फागुन ७ गतेभित्र १४ औ महाधिबेशन नगराउने र समय थप्ने हो भने त्यसको ६ महिनामा स्थानीय तहको निर्वाचनसहितका लगातार निर्वाचन आउदैछन् । तपाइको भनाइ अनुसार कांग्रेस जनताको चाहनामा हैन,हार स्वीकार गर्न तयार छ भन्ने बुझिन्छ,के कांग्रेसको लक्ष्य यही हो ?

यो एकदमै गम्भिर विषय उठाउनुभयो । अगामी महाधिबेशनको तयारी हामीले जतिबेला महासमितिको बैठक बोलायौँ त्यो समयाटै सुरु हुनपर्ने थियो । तर, हामीले यो डेढ वर्षको समय यसरी खेर फाल्यौ कि त्यसले कांग्रेसलाई पछि सम्म नराम्रो धक्का दिने अवस्था छ । पार्टीभित्र यो विषयमा गम्भीर रुपमा छलफलको विषय नबनेको पनि होइन र अहिले पनि यसका विषयमा छलफल भइरहेको पनि छ ।

केन्द्रीय तहमा हुने यो छलफलले अहिले सम्म मुर्तरुप लिन सकिरहेको छैन । अहिले सम्ममा कांग्रेसले पार्टीको महाधिबेशनदेखि भातृ संगठनहरुको अबिधेशन गराउदै यो मिति भित्र यीयि कामहरु सकिने छन् भने कार्यतालिका जानुपर्ने थियो । कांग्रेसले आफ्ना संगठनहरुको बिस्तार कहिले सम्ममा सक्ने,भातृ संस्थाहरुको अबिधेशन कहिले गराउने, १४ औ महाधिबेशन समयमा हुन कि नहुने, स्थानीय तहको निर्वाचन देखि प्रदेश र संघीय संसदको निर्वाचनमा कसरी जाने भन्ने क्यालेण्डर बनाएर जानुपर्ने थियो त्यो भएको छैन ।

तर, अझैपनि चाहेकोखण्डमा कांग्रेसले गर्न नसक्ने भन्ने केहि छैन् । विग्रन खोजेको अवस्था भएपनि सच्चाउन नसकिने गरी विग्रिएको छैन् । हामीले महासमितिको बैठक गर्न नै ढिलाई गर्यौ । महासमितिको बैठकपछि त्यसको म्याण्डेड अनुसार विधानलाई पुर्णता दिने कुरामा पनि ढिला भएकै हो । अब हामीले जनताको र कार्यकर्ताको भावनालाई आत्मसाथ गर्ने हो भने पहिले गरिएको गल्तिहरुको क्षतिपुर्ती लिनेगरी काम गर्नुपर्ने अवस्था आएको छ ।

यो विचमा सत्तारुढ कम्युनिष्ट पार्टी कुनै संगठन थिएन र सरकार ठाउ ठाउमा चुकिरहेको थियो तर, हामीले सदुपयोग गर्न सकेनौ र चुकेका छौ । अब वितेको कुरा गरेर भएन त्यस कारण अघि मैले भने अनुसार संक्रमणकालिन व्इावस्था अनुसार कांग्रेस अगाडी बढ्नुपर्छ । नियमावली समितिले अब चाडो भन्दा चाडो संक्रमणकालिन व्यावस्था अनुसार नियमली ल्याउनुपर्यो ।

त्यो व्यवस्था अनुसार विधानले भनेको सवै संगठनहरुको विस्तार, भातृ संस्थाहरुको अबिधेशन र केन्द्रीय महाधिबेशन सम्मका काम सकेत अब बस्ने केन्द्रीय समितिको बैठकलाई दिन सक्यो भने संक्रमणकालिन व्यावस्था प्रयोग गरेर ६ महिनाभित्र कांग्रेसलाई बजबुत बनाउन सकिने ठाउहरु अझै धेरै छन् । सदस्यहरुको नविकरण र क्रियासिल सदस्यता १४ औ महाधिबेशनपछि गर्दा पनि हुन्छ तर, अरु काम सक्नुपर्छ ।

यदि पार्टी नेतृत्वले संक्रमणकालिन व्यास्था लागुगर्न चाहेन,भातृ संस्थाहरुको अबिधेशन गराउन चाहेन र संगठन विस्तारलाई पनि थाति राख्दै १४ औ महाधिबेशन पनि सार्ने कामगर्यो भने राष्ट्रिय राजनितिमा कांग्रेसको प्रभाव कस्तो होला ?

मलाई लाग्छ केन्द्रिय नेतृत्वले यस्तो गल्ती काम गर्ने छैन । यहि यहि अनुसार नेतृत्व गयो भने राष्ट्रिय राजनितिमा कांग्रेसको महत्व समाप्त भएर जान्छ । पार्टीका शुभेच्छुक संस्था,भातृ संस्था, पार्टीका सक्रिय संगठनहरुलाई ताजकि अवस्थामा राख्यो भने मात्रै कांग्रेसको राष्ट्रिय राजनितिमा अर्थहुन्छ पार्टीमा पनि सुदृढिणरण आउन र हामीले जनताका अगाडी आफ्ना विचारहरुपनि निर्धक्क राख्न सक्छौ ।

आफै कम्जोर छौ,आफै विभाजित अवस्थामा छौ र आफै लथालिङ्ग अवस्थामा पुग्यो भनेदेखि राष्ट्रिय राजनितिमा हाम्रो हस्तक्षेप कम्जोर बन्छ र कम्जोर हस्तक्षेपले कुनै अर्थ राख्दैन । हस्तक्षेप गर्ने नैतिक बलमै प्रश्नचिन्ह उठ्छ । कांग्रेस आफै व्यवस्थीत हुन सक्दैन भने उसले अरुको व्यवस्था र अधिकारका लागि के गर्न सक्छ ? प्रश्न यहिबाट सुरु हुन्छ ।

पार्टीभित्रै लोकतन्त्रलाई व्यावस्थापन गर्न नसक्ने कांग्रेसले अरुलाई के पाठ सिकाइरहेको छ भन्ने प्रश्न त राष्ट्रिय राजनितिका पात्रहरु उठाछन नै । त्यसैले पहिले हामीले पार्टीलाई आफ्नो ठाउमा बलियो बनाएर राख्न पर्छ ताकि कसैले लोकतन्त्रका विषयमा कांग्रेसलाई पाठ पढाउने अवस्था नआओस ।

अहिलेको मागलाई हामीले समधान दिने खालको, उत्तर दिने खालको क्षमता राखेर कांग्रेस अगाडी गयो भने अहिले सरकारलाइ चुनौती दिएर हामी जनताका अगाडी जान सक्छौ । यो आँट व्यावहारमा बोकेर जनताका माझमा गएको कांग्रेसलाई जनताले खाली हात फर्काउने छैनन् । तर, माथिका विषयमा कांग्रेस तयार हुनुपर्छ । अन्यथा यसै भन्न सकिने अवस्था अहिले पनि छैन् ।

सरकार गठन भएको १६ महिना भयो तर, सरकारको सम्बन्ध जनतासंग,प्रेससंग,अधिकारकर्मीसंग प्रतिपक्षीसंग र कुनै संवैधानिक निकायसंग राम्रो देखिएन । प्रतिपक्षको हालत पनि उस्तैछ । यो व्यवस्था प्रति जनताले के आसा गर्ने अब ?

अहिले शत्ति भनेकै जनताको हातमा छ । हामी बहुदलिय प्रतिस्पर्धामा छौ । जनताको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको र अहिले पनि जनताले चुनेका पार्टीहरुनै सरकार र प्रतिपक्षमा छन् ।

जनताले जसलाई जसरी पठाए दलहरु त्यहि हैसियतमा छन् । अहिले केहि नहुन वा केहि सुधार हुन भनेको व्यास्थाले भन्दा पनि जनताले सरकार बनाउन जिम्मा दिएकाले के गरे भन्ने प्रश्न आउछ र प्रतिपक्षलाई पनि यो प्रश्न जान्छ ।

बहुदलिय प्रतिस्पर्धाको व्यावस्थामा सक्तापक्षले भारी बहुमत पाउदा पनि जनताको भावना अनुसार काम गर्न सकेन भने उनिहरुले प्रतिपक्षलाई रोज्छन र अहिलेको अवस्थामा कांग्रेस प्रतिपक्षमा भएकाले म कांग्रेसले पुर्ण जिम्मेवारीका साथ जनताको भावनालाई कदर गर्ने प्रयासमा छ र अझै पार्टीलाई व्यवस्थीत बनाए आउनेछ भन्ने विश्वस दिलाउन चाहान्छु । दोस्रो प्रेस र नागरिक समाजको जुन प्रश्न छ ।

स्वतन्त्र प्रेस र स्वतन्त्र नागरिक समाज विनाको लोकतन्त्र हुन सक्दैन र यो विषयमा कांग्रेसले आधिकारिक धारण दिइसकेकाले यसमा म धेरै जान चाहान्न । अहिले आएर गुठीका नाममा धर्म र संस्कृतिलाई सिध्याउन गुठीका नाममा भएका जग्गा हडप्ने खेल सुरु भएको प्रत्यक्ष रुपमा हामीले देखि रहेका छौ । संवैधानिक निकायहरु कानुन अनुसार चल्ने हुन र नेपाली कांग्रेस कानुनी राजयको सिमा भन्दा बाहिर जान सक्दैन ।

यो सरकारले के गरिरहेको छ र सवैपक्ष सरकारको विरुद्धमा किन लागिरहेका छन त्यो पनि छोटा समयमै यस्तो विरोध आउन थाल्यो अरु बाँकि वर्षमा सरकार कसरी चल्ला भन्ने चिन्ता हामी प्रतिपक्षलाई पनि लागेको छ । म प्रधानमन्त्रीका विषयमा धेरै तिक्तताका विषयमा कुरागर्न चाहान्न । उहाँ माथि पुर्वाग्रह राख्नुपर्ने हाम्रो कुनै कारण छैन ।

म उहाँलाई एउटै कुराको सम्झना दिलाउन चाहान्छु कि एमालेको महाधिबेशन बुटवलमा हुदैगर्दा केपी ओलीले जितेपछि कांग्रेसले जिते जस्तो र झलनाथ खानालले जितेपछि माओबादीले जिते जस्तो अवस्था थियो तर, यो विषय अहिले उल्टिएको छ । पाँच वर्ष एकलौटी सरकार चलाएर देखाउ भनेर जनताले मत दिएको हुनाले अहिले प्रधानमन्त्री ओली प्रधानमन्त्री बन्नु भएको हो ।

कांग्रेस उहाँलाई सच्चिन आग्रह गर्छ तर, काँध थापेर धकेल्न सक्दैन । चित्त नबुझेपछि जनता जाग्छन । आन्दोलन हुन्छ । सरकारहरु आन्दोलनले परिवर्तन भएका छन तर, हामी त्यो चाहदैनौ । अझै पनि सरकारलाई आँखा खोल्न हामी आग्रह गर्छौ ।

त्यो बेला ओलीलाई आफ्नै जस्तो देख्ने कांग्रेसले अहिले अधिनायकवादी देखिरहेको छ र बाहिर जो जो आन्दोलनमा गएका छन उनी औलीलाई तानशाही भनिरहेका छन् । के कारणले गर्दा उनको कांग्रेससंग सम्बन्ध विग्रिएको हो ?

प्रधानमन्त्री भएपछि ओलीले आफुलाई जति जती शक्तिशाली बनाउदै लाने चाहना राख्नुभएको छ । यसले उहाँभित्र निकै ठूलो तानशाह बनेर देखाउने अभिलासा जागेको जस्तो देखिन्छ । उहाँको अहिलेको रवैया देख्दा हामीलाई उहाँसंगका पुराना कृतिहर तजा भएर आउन थालेका छन् ।

२०६२—०६३ आन्दोलन चलिरहेको बेला नेपालमा गणतन्त्र आउनु र बयलगाडा चडेर अमेरिक पुग्नु उस्तै हो भन्नु भएको थियो र अहिले उहाँ नै यो संघीयता कार्यन्वयन गराउने महत्वपुर्ण निकायमा पुग्नु भएको छ र यसमा हामीलाई संका लागेको छ ।

शीर्ष स्थानमा बसेर संघीय लोकतान्त्रिक व्यवस्थालाई विस्तारै कम्जोर बनाउने रणनितिमा लागेको कुरा बिस्तारै प्रमाणि हुदै गएको छ ।

संघीय साशनलाई कम्जोर बनाइ सक्नु भयो । त्यसकारण सकेदेखि बिस्तार यो शाशकिय स्वरुपलाई कम्जोर बनादै लैजाने र नसके पाँचवर्ष ग्यारेन्टी भित्रबाट पार्टी र तीनका कार्यकर्तालाई कम्तिमा घरबारको व्यवस्था गरिदिने भन्ने सोमा प्रधानमन्त्री लाग्नु भएको हो कि भन्ने गम्भीर आसंका उव्जीएको छ ।

सरकार जग्गा प्रकरण र गुठी प्रकरणदेखि देशमा भइरहेको संस्थागत भ्रष्टाचारले यहि देखाउछ ।