देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौलाएको भू–माफियातन्त्र : सरकारी जमिनमा शहर

देशान्तर

काठमाडाैँ । कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् ।

उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा धमाधम खरिदबिक्री गरेका छन् ।

नापी कार्यालय मुगुको तथ्याङ्कअनुसार साविकको श्रीकोट गाविस–६ मा रहेको हालको खत्याड गाउँपालिका–५ मार्थिचौर भन्ने स्थानमा रहेको उक्त जग्गा सरकारी हो । २०५०÷२०५१ को एकोहोरो नापीअनुसार उक्त जग्गाको क्षेत्रफल १५ हजार ७ सय ९७ दशमलव ५० वर्ग्मिटर रहेको कुरा सरकारी कागजमा स्पष्ट उल्लेख छ ।

नापी कार्यालय र मालपोत कार्यालयका अनुसार तीमध्ये धेरैजसो जग्गामा ५१ वटाभन्दा बढी घर बनाई ती जग्गामा बजार बसाउन लागिएको छ ।
स्थानीयबासीहरूबीच कुरो नमिल्दा २०५०÷२०५१ भन्दा अघिदेखि नै उक्त जग्गा नापी हुनसकेको थिएन । यो समाचार आजको नेपाल समाचारपत्रमा वीरबहादुर बमले लेखेका छन् ।