देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेस्सी सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित

देशान्तर

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । मेस्सीले समर्थकहरुको सर्वाधिक मत ल्याउदै अवार्ड जितेका हुन् । सन् २०१९ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित हुँदै मेस्सीले स्पोर्ट्स अनलाइन इएसपीएनले प्रदान गर्ने अवार्ड जितेका हुन् ।

मेस्सीले अवार्ड जित्ने क्रममा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डाइकलाई पछि पारे ।

मेस्सीले गत सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ५८ खेलमा ५४ गोल र १२ असिस्ट गरेका थिए ।

मेस्सीले हालै युईएफए वर्ष फरवार्डको अवार्ड समेत जितेका थिए ।

मेस्सीले आफ्नो फेसबुक मार्फत आफ्ना सर्मथकहरुलाई धन्यवाद दिएका छन ।