देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशनका लागि सरकारी ढुकुटी उडाउँदै नेकपा

देशान्तर

काठमाडौं । सत्तारूढ नेकपाको सरकार एकपछि अर्को नीतिगत भ्रष्टाचार गर्दै अगाडि बढिरहेको अर्को समाचार देशान्तरलाई प्राप्त भएको छ । पार्टीको महाधिवेशन आगामी फागुन, चैतमा गर्ने सोच बनाएको नेकपाले ३ हजार क्षमताको हल बनाउनलाई सरकारी ऐन नियम मिचेर सोझै ठेक्का दिने कार्य गर्दैछ । त्यसको लागि आवश्यक बजेट करिब ८० करोड मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको समाचार छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको महाधिवेशनका लागि आवश्यक पर्ने करिब ३ हजार सिट क्षमताको हल गोदावरी बसपार्कमा निर्माण गर्न सहरी विकास तथा भवन विभागलाई निर्देशन गरिसकेको छ र यसको लागि आवश्यक करिब ८० करोड बजेट गत मन्त्रिपरिषद् बैठकले गरेको छ । जुन निर्णयलाई अहिलेसम्म गोप्य राखिएको छ । देशान्तरलाई प्राप्त सूचनाअनुसार सो निर्माणसम्बन्धी सातदिने सूचना यसै साता भवन विभागले सार्वजनिक गर्ने भएको छ । ६ महिनाभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने भएकाले सो भवन स्टिल (फलाम) स्ट्रक्चरमा बन्नेछ । र त्यसलाई फिनिसिङ गरी बनाइनेछ ।

काठमाडौं उपत्यकाकै रमणीय पिकनिक स्पट र वनस्पति उद्यान रहेको गोदावरी बसपार्कमा बनाइन लागेको सो अत्याधुनिक भवन निर्माणपछि बसपार्क काहाँ स्थानान्तरण गर्ने भन्ने सरकारले अहिलेसम्म निर्णय गरेको छैन । स्थानीयवासीको विरोध हुने सम्भावनालाई ध्यानमा राखी निर्णय अहिलेसम्म गोप्य राखिएको बुझिएको छ । सातदिने सूचनामा करोडमाथिका कुनै पनि कार्य सम्पन्न गर्न हालको ठेक्कासम्बन्धी नियमले मिल्दैन । तर आफ्नो पार्टीको महाधिवेशनको लागि नेकपाको सरकार ऐन नियम मिचेर भए पनि सो स्टिल स्ट्रक्चरको भवन निर्माणमा लागेको छ । त्यसैले यसलाई सरकारको अर्को नीतिगत भ्रष्टाचार रूपमा लिइएको छ ।