देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाअभियोग सुनुवाइमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्पलाई सदनले बोलायो

देशान्तर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो पहिलो महाअभियोग सुनुवाइमा सहभागी हुन संसदको तल्लो सदनले बोलाएको छ। संसदको न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले आगामी डिसेम्बर–४ मा हुने सुनुवाइमा राष्ट्रपति ट्रम्पलाई सहभागी हुन बोलाइएको जानकारी दिए।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा उपस्थित भएर आफ्ना कुरा राख्न सक्ने उनले बताए। ट्रम्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप लागेको छ। ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएको समेत आरोप लगाइएको छ।

विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् ।