देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मदनकृष्ण श्रेष्ठले छोरीसँग गाएको गीतकाे भिडियोसहित सार्वजनिक

देशान्तर

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको स्वरमा रहेको गीत ‘पानी छायाँ’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन । भिडियोमा स्वयम् मदनकृष्ण श्रेष्ठ र सराना सँगसँगै केविश पाण्डे, आर्शिना भट्टराईको पनि अभिनय रहेको छ ।

मदनकृष्ण श्रेष्ठ, सराना लगायत हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे, भिडियोका निर्देशक सुव्रतराज आचार्य र कार्यक्रमका उद्घोषक सन्दीप क्षेत्रीले संयुक्त रुपमा गीतको ‘सिग्नेचर स्टेप’ गरेपछि भिडियो देखाइएको थियो ।