देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकवानपुरको रिसोर्टमा अचेत भेटिएका ८ भारतीयको मुत्यु

देशान्तर

 

हेटौँडा – मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको मुत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका ४ को सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको भएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डो लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक एसपी सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरुको निसास्सिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

उनीहरु १५ जनाको समूहमा काठमाण्डौको नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा आएको बुझिएको प्रहरीले जनाएको छ ।