देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतसँग वार्ताका लागि औपचारिक प्रस्ताव तयार गर्दै सरकार

देशान्तर

काठमाडौं ।  नेपाल सरकारले सीमा विवादको विषयमा छलफल गर्न लागि औपचारिक प्रस्तावको तयारी शुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको बैठकमा सरकारको तयारी बारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका हुन् ।
बैठकमा भएको छलफल बारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सीमा विवादको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारले आफ्नो अडानलाई यसअघि नै प्रष्ट पारिसकेको बताए ।’

श्रेष्ठले दुई देशबीच वार्ताका लागि आफ्नो औपचारिक प्रस्ताव तयार गर्न सरकार लागेको पनि जानकारी दिए । ‘यस विषयमा प्रधानमन्त्रीले आजको बैठकमा पार्टीलाई जानकारी गराउनु भएको छ,’ उनले भने ।

प्रमाण गरेर संकलन आधिकारिक रुपमा प्रस्ताव तयार भएपछि भारतसँग उचित कुटनीतिक संयन्त्रमा छलफल अगाडि बढाइने पनि सरकारले तयारी गरेको श्रेष्ठको भनाइ थियो ।

उनले भारतलाई नयाँ दिल्ली स्थित राजदूतबाट ध्यानाकर्षण गराइसकेको बताउँदै यस विषयमा छ छिट्टै उचित कुटनीतिक माध्यमबाट वार्ता गरिने प्रष्ट पारे ।