देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा ग्यास सिलिण्डर पड्किँदा  १० जनाको मृत्यु

देशान्तर

काठमाडौ . भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्किएर १० जनाको मुत्यु भएको छ  । घटनामा अन्य १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो । सिलिण्डर पड्किएर घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।