देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको महाराष्ट्र राज्यमा बस र ट्रक ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

देशान्तर

काठमाडौं । भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् । महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नीमगुल गाउँ नजिक दुर्घटना भएको हो । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो ।

त्यसैगरी बस र ट्रक ठोक्किँदा बसका केही भाग पनि क्षतिग्रस्त भएका छन् । बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन ।  घाइतेहरुलाई अस्पताल लगिएको छ । दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।