देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुहानबाट ल्याइएका नेपालीमा कोराना भाइरसको संक्रमण छैन– स्वास्थ्य मन्त्रालय

देशान्तर

काठमाडौं । चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको हो ।

फागुन ४ गते चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण नभएको पाइएको छ ।