देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिषालु सर्पले डस्दा एकै परिवारका दुई दिदिबहिनीको मृत्यु

देशान्तर

काठमाण्डौ । दाङमा बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ । राजपुर गाउपालिका वडा न ७ भौवानाका निवासी शेर बहादुर सार्की का दुई छोरीको बिषालु सर्पको टोकाइ का कारण बिहिबार मृत्यु भएको हो ।

शिवशक्ति माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका कक्षा ७ मा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले डसेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले जानकारी दिनुभयो ।

भौगोलिक बिकट्ता, बाटो को समस्या, सन्चार बिहिन र स्वास्थ्य सेवाको पहुच नहुदा उपचार नपाएर वालिकाको मृत्यु भएको उहाँले बताउनु भयो । घरमा सुतेको बेला सर्पले डसेको हो ।

गएको बर्ष पनि सोहि बिद्यालयमा अध्यनरत कक्षा ९ कि छात्रा को पनि सर्पको टोकाइका कारण अस्पताल लैजादै गर्दा मृत्यु भएको भैसाहि नाका निवासी अमृत खड्काले जानकारी दिए ।