देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिरही, राजु र राना अभिनन्दित

देशान्तर

काठमाडौँ । राजधानीमा आयोजित एक भब्य समारोहमा बरिष्ट संगीतकार देव राना, बरिष्ट पत्रकार हरिहर बिरही तथा चर्चित संगीतकर्मी राजु सिंहसहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।

औद्योगिक शान्ति नेपालद्वारा शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित उक्त कार्यक्रममा सम्मानित देब राना नेपालका प्रथम ड्रम बादक हुन् । उनलाई ‘लाइफ टाइम एचिभमेन्ट सम्मान’ प्रदान गरिएको हो । त्यस्तै, बरिष्ट पत्रकार हरिहर विरहीलाई उनले ‘राष्ट्रियताको सुदृढिकरण, लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा निरन्तर सक्रिय रहनुकासाथै नेपाली पत्रकारिताको बिकास र प्रबर्धनमा पु¥याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै’ बिशेष सम्मान– २०७६ प्रदान गरिएको अभिनन्दनपत्रमा उल्लेख छ । चर्चित आधुनिक संगीतकार राजु सिंहलाई रजत सम्मान प्रदान गरिएको थियो ।

उनीहरुलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले अभिनन्दनपत्र प्रदान गरेका थिए । सो अबसरमा २०७५ सालमा बजारमा आएका गीत र संगीतको मूल्यांकन गरि उत्कृष्ट गायक, गायिका, संगीतकार र गीतकारहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । युवा समाजसेबी सन्दीप महत अध्यक्ष रहेको औद्योगिक शान्ति नेपाल नामक सो संस्था लामो समयदेखि विभिन्न सामाजिक सांस्कृतिक कार्यक्रमहरु आयोजनामा सक्रिय रही आएको छ ।