देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमा बोर्डका पदाधिकारीलाई सोधियो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए बर्खास्ती गर्ने

देशान्तर

काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रम असफल हुनेतर्फ लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका सम्पूर्ण पदाधिकारीहरू (अध्यक्ष, कार्यकारी निर्देशक र चार जना बोर्ड सदस्य) लाई स्पष्टीकरण सोधेको छ। दिन भित्र जवाफ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूलाई सात दिनभित्र पठाउने गरी स्पष्टीकरण सोधेको स्रोतले बताएको छ।

स्पष्टीकरण सोधिनेमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल, यस्तै बोर्ड सदस्यहरू डा सतिशकुमार देव, डा दीपेन्द्रकुमार यादव, डा अनिरा वैद्य र प्रीती रमण छन्। तर, बोर्डमा रहेका स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबाट सहसचिवहरूलाई भने स्पष्टिकरण सोधिएको छैन।
बोर्डमा स्वास्थ्य र अर्थ मन्त्रालयका सहसचिवहरू पदेन सदस्य हुने व्यवस्था छ। मन्त्रालय स्रोतले भन्यो, ‘बिमा बोर्डको बारेमा धेरै गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो,”स्रोतले भन्‍यो विभिन्न ९ बुँदामा स्पष्टीकरण सोधिएको छ।” सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा हिडेको भन्दै प्रश्न उठाइएको छ स्रोतका अनुसार उनीहरुसंग चित्तबुझ्दो जवाफ नपाए बर्खास्ती नै गर्ने योजनामा मन्त्रालय अघि बढेको छ। यता, केही दिनअघि बोर्डका एक सदस्य डा सतिशकुमार देवले भने सदस्य पदबाट राजीनामा दिइसकेका छन्।

अघिल्लो बिहीबारको बैठकमा स्वास्थ्‍य सचिव खगराज बरालसँग विवाद भएपछि डा सतिशले राजीनामा दिएका हुन्। यद्‍यपि मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन।