देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिन्दु र रविनको नयाँ गीतमा पुष्प र आँचलको गज्जब छमछमी, हेर्नुहोस् भिडियो

देशान्तर

काठमाडौँ, कात्तिक २२ । गायक रविन बर्तौला आफ्नो नयाँ गीत भन भन लिएर श्रोतामाझ आएका छन् । सिभिल इञ्जिनियर समेत रहेका गायक रबिनले यो गीत चर्चित गायिका बिन्दु परियारसँग मिलेर गाएका हुन् । बिन्दुकै अफिसियल च्यानलबाट बजारमा आएको गीतका शब्द शृजना लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ ।

गीतको भिडियोमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्प खड्का र नायिका आँचल शर्माको गज्जब अभिनय देख्न सकिन्छ । गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ । डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।