देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिक्रम बरालको धमाकेदार गीतमा निराजन र सम्झनाको जिवन्त अभिनय

देशान्तर

काठमाडौँ । दोस्रो भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल गायिका सम्झना पाण्डेले ढाक्यो मायालेको भिडियो सार्वजनिक गरेकी छिन् । जसमा गायिका पाण्डेलाई नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले स्वरमा साथ दिएका छन् ।

किशोरावस्थामा रहेको कुनै पनि प्रेमी जोडीले देखाउने रोमान्टिक प्रेम कथालाई भिडियोमा गज्जबसँग प्रस्तुत गर्न सफल भएका छन् निर्देशक शान थापा । भुपिन्द्र महतको शब्द शृजना रहेको गीतमा चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतमा नकुल खड्काको सम्पादन रहेको छ । जसमा कोरियोग्राफी राजिव समिरले गरेका छन् । हेर्नुहोस् भिडियो