देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीले नाइजरमा ५७ को मृत्यु, ३० हजार घाइते

देशान्तर

अफ्रिकि मुलुक नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। बाढीले अरू एक लाख ३० हजार जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ।

नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ। राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ।

नाइजरको सरकारले मंगलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो।

बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ।

बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए।