देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कृत महिला अदालत जाँदै गर्दा बाटोमै जलाइयो

देशान्तर

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ बर्षीया ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ ।

उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन । अदालतले उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुको एक समूहले तानेर नजिकै खेतमा पुर्याइ आगो लगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरु तीन जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तस्बिर:BBC Hindi